म्यान्चेस्टर युनाइटेड प्रमुखहरू एरलिङ्ग हालान्डलाई जनवरीमा साइन गर्ने प्रयास गर्न सहमत

म्यानचेस्टर युनाइटेडले जनवरीमा आर बी साल्जबर्गका स्ट्राइकर एरलिङ्ग हालान्डको लागि प्रस्ताव राख्ने निर्णय गरेको छ।

टाइम्सको अनुसार युनाइटेडले जनवरीमा हालान्डका लागि प्रस्ताव तयार गर्ने छ -खबर अनुसार युनाइटेडले उनको लागि £६० मिलियन भन्दा बढीको प्रस्ताव राख्ने छ।

युनाइटेडले हालान्डलाई धेरै समय देखि नजिकबाट निरीक्षण गर्दै थिए र क्लबले २०२० को सुरूको विन्डोमा उनलाई साइन गर्ने प्रयास गर्ने छ।

हालान्डले यस सीजनमा सबै प्रतियोगितामा २३ गोल गरेका छन, जसमा च्याम्पियन्स लिग समूह चरणमा सात गोल पनि छ।

उनको लागि बिडिंग कम्तिमा £६० मिलियनको सुरु हुने सम्भावना छ, तर उनको मूल्य £८५ मिलियन सम्म पुग्न सक्ने खबर पनि छ।