म्यान्चेस्टर युनाइटेड क्रीस्टियानो रोनाल्डोसँग सम्पर्कमा

एजेन्सी, क्रीस्टियानो रोनाल्डो आफ्नो पुर्व क्लब म्यान्चेस्टर युनाइटेड फर्कन सक्ने संभावना दिनानुदिन बलियो देखिदै आएको छ। रिपोर्टका अनुसार पोर्चुगिज स्टार खेलाडीलाई उन्का पुर्व क्लब म्यान्चेस्टर युनाइटेडले सम्पर्क गरेको हो।

रोनाल्डो अझै एक वर्षका लागि युभेन्टसमा अनुबन्धित छन्। युभेन्टसले अर्को सिजन च्यम्पेन्स लिग नखेलेको अवस्थामा रोनाल्डोले युभेन्टस छाड्ने संभावना अत्यन्तै बलियो छ। रोनाल्डोले हालै आफ्नो इटालीको घरबाट आफ्ना गाडीहरु निकालीरहेको समाचार पनि आएको थियो।

एक स्पेनिश मिडियामा आएको खबर अनुसार म्यान्चेस्टर युनाइटेड उन्लाई भित्र्याउन इच्छुक छन् र रोनाल्डो पनि म्यान्चेस्टर युनाइटेड फर्कने बारे विचाररत छन्। रिपोर्टका अनुसार युनाइटेडका प्रशिक्षक ओले गुनर शोल्सर आफै रोनाल्डोसँग सम्पर्कमा छन् र क्लबको भावी योजना बारे उन्लाइ भनी सकेका छन्।
३७ वर्षका रोनाल्डो हाल युभेन्टसमा ५२०,००० पाउन्ड पारिश्रमिक लिन्छन्। रिपोर्टका अनुसार रोनाल्डो युनाइटेडमा फर्के उन्को पारिश्रमिकले युनाइटेडलाई आर्थिक भार हुन सक्ने भएकोले रोनाल्डो कम पारिश्रमिकमा युनाइटेड फर्कन सक्ने सम्भावना पनि रहेको छ।

रोनाल्डो २००३ देखि २००९ सम्म म्यान्चेस्टर युनाइटेडमा अनुबन्धित थिए जहाँ उन्ले २९२ खेलमा ११८ गोल गर्न सफल भएका थिए। रोनाल्डो सन् २००९ मा ८० मिलियन पाउन्डमा युनाइटेडबाट रियल म्याड्रिडमा अनुबन्ध भएका थिए।