म्यान्चेस्टर युनाइटेड इङलिस खेलाडी भित्र्याउन टोटनह्यमसँग सम्पर्कमा

एजेन्सी, इङलिस क्लब म्यान्चेस्टर युनाइटेड मिड्फिल्डर ह्यारी विन्क्स भित्र्याउन टोटनह्यमसँग सम्पर्कमा आएका छन्। रिपोर्टका अनुसार २५ वर्षका खेलाडी ह्यारी विन्क्सलाई २५ मिलियन पाउन्डमा भित्र्याउन म्यान्चेस्टर युनाइटेडले टोटनहमलाई सम्पर्क गरेको हो।

विन्क्स अझै तीन वर्षका लागि टोटनहममा अनुबन्धित छन्। युनाइटेड टोटनह्यमको प्रत्यक्ष प्रतिद्वन्द्वी भएको कारणले पनि टोटनह्यम विन्क्सलाई बेच्न सहमत नहुन सक्ने सम्भावना रहेको छ। युनाइटेड टोटनह्यमका अर्का इङलिस खेलाडी ह्यारी केन भित्र्याउन पनि इच्छूक रहेको बताइएको छ।
इङलिस खेलाडी विन्क्स टोटनह्यमको एकेडेमीका उत्पादन हुन्। उनले टोटनह्यमका लागि १७३ खेल खेली सकेका छन् जस्मा उनले ४ गोल गर्न सफल पनि भएका छन्। उनले आफ्नो राष्ट्रिय टोलिका लागि पनि १० खेल खेलेका छन् जस्मा उनले एक गोल गर्न पनि सफल भएका छन्।