“म्यान्चेस्टर युनाइटेडलाई कसरी कोच गर्नु पर्छ भनेर अरूको सुझाव चाहिँदैन”

म्यान्चेस्टर युनाइटेडका कोच ओले गुन्नार सोल्सजारले अरूको सल्लाह तिर आफू नहेर्ने बताए ।

सर एलेक्स फर्गुसन रिटायर भए पछि रेड डेभिलको केही खराब समय चलेको छ भने हाल ओले गुन्नार सोल्सजारको नेतृत्वमा यो सिजन युनाइटेड केहि लयमा फर्केको देखिन्छ।

हाल युनाइटेड लिगमा दोस्रो स्थानमा रहेको छ। उनलाई एक रिपोर्टरले सर एलेक्स फर्गुसन सँग आफूले सल्लाह लिने गरेका छन् वा छैनन् भनेर प्रश्न गर्दा उनले सो बारे भने: “मैले सम्भवतः उहाँसँग १५ वर्ष काम गरेको छु। म सर अलेक्सबाट प्रभावित भएको छु, तर हाम्रो फरक व्यक्तित्व छ।

“म आफूलाई ठिक लाग्ने तरिकाले प्रबन्ध गर्दछु – मैले कसैलाई पनि कसरी व्यवस्थापन गर्ने भनेर सोध्दिन। यो मेरो व्यक्तित्व हो।

“मलाई कोच(सर एलेक्स)को नेतृत्वमा काम गर्ने र खेल्ने मन पर्थ्यो र मैले उनीबाट धेरै कुरा सिकेको छु। तर हामीले कुराकानी गरेको धेरै समय भइसकेको छ र मैले उनलाई कसरी खेल्ने भनेर सोधेको छैन।