म्यान्चेस्टर युनाइटेडले इवान राकिटिक साइन गर्न सक्ने

म्यान्चेस्टर युनाइटेडले इवान राकिटिक साइन गर्न सक्ने खबर आएको छ। ESPNको अनुसार युनाइटेडले स्पोर्टिंग सीपी बाट ब्रूनो फर्नांडेस साइन गर्न असफल भए युनाइटेडले बार्सिलोनाका राकिटिक साइन गर्न प्रयास गर्ने छ।

रेड देभिलले फर्नांडेस साइन गर्ने हल्ला धेरै अगाडी देखि चल्दै आएको छ तर कुरा अगाडी बढ्न सकेको छैन र अब टोटनह्याम पनि उनलाई साइन गर्न प्रयास गर्ने कुरा आउंदा युनाइटेडले राकिटिक माथि आफ्नो आँखा राखेको छ।

युनाइटेड आफ्नो मिड मिडफिल्ड बलियो गर्न लागि परेको छ र स्पोर्टिंग सीपी बाट ब्रूनो फर्नांडेस साइन गर्न असफल भए युनाइटेडले बार्सिलोनाका राकिटिक साइन गर्ने कुरा छ। राकिटिकको लागि बार्सिलोनाले £४५ मिलियन सम्म माग्ने कुरा छ।