म्यान्चेस्टर युनाइटेडले £८० मिलियनमा ह्यारी मगुएर साइन गर्ने

LEICESTER, ENGLAND - OCTOBER 06: Harry Maguire of Leicester in action during the Premier League match between Leicester City and Everton FC at The King Power Stadium on October 6, 2018 in Leicester, United Kingdom. (Photo by Michael Regan/Getty Images)

ह्यारी मगुएरको लागि म्यान्चेस्टर युनाइटेड र लेस्टर सिटी बीच सम्झौता भएको छ।  The Sun को अनुसारमा म्यान्चेस्टर युनाइटेडले  ह्यारी मगुएरको लागि £८० मिलियन खर्च गर्ने छन् र ह्यारी मगुएर मेडिकलको लागि म्यान्चेस्टरमा सोमबार आइपुग्ने छन्।


खबरको अनुसार म्यान्चेस्टर युनाइटेडले उनको लागि प्रारम्भिक रकमको रुपमा £६० मिलियन तिर्ने छन् र £२० मिलियन पछि बोनसको रुपमा दिइने छन्। इङ्गल्याण्डका डिफेंडर, ह्यारी मगुएर उक्त सम्झौता पछि सबै भन्दा महँगो डिफेंडर बन्ने छन्, जुन रेकर्ड लिभरपूलका भ्यान डाइकको नाममा थियो।