म्यान्चेस्टर युनाइटेडलाई रोनाल्डो साइन गर्न मद्दत गर्न प्रायोजकहरु इच्छुक

KIEV, UKRAINE - MAY 26: Cristiano Ronaldo of Real Madrid warms up prior to the UEFA Champions League final between Real Madrid and Liverpool on May 26, 2018 in Kiev, Ukraine. (Photo by Matthew Ashton - AMA/Getty Images)

हाल जनवरीको ट्रान्सफर विन्डो धेरै नजिक रहेको छ र क्लबहरुको नयाँ खेलाडी साइन गर्ने योजनाहरु सुरु भैसकेको छ।

नयाँ स्टार खेलाडी साइन गर्दा क्लबलाई मात्र नभै प्रायोजकहरुलाई पनि धेरै फाइदा हुने गर्छ र खबर अनुसार म्यान्चेस्टर युनाइटेडका प्रायोजकहरुको रोनाल्डोलाई युनाइटेडमा फिर्ता ल्याउन मद्दत गर्न तयार रहेका छन्।

२०१८मा क्रिस्टियानो रोनाल्डोले रियल छोडे देखि उनि युनाइटेडमा फर्किने चर्चा हुदै गएको छ र खबर अनुसार म्यान्चेस्टर युनाइटेडका मुख्य जसरी प्रायोजक शेभरोलेट पनि सो कुरा चाहन्छन्।

खबर अनुसार शेभरोलेट म्यान्चेस्टर युनाइटेडलाई रोनाल्डो साइन गर्न आर्थिक मद्दत गर्ने चाहन्छन्। रोनाल्डो युभेन्टसमा गए पछि युभेको प्रायोजकहरुको धेरै फाइदा भएको शेभरोलेटले देखेको छ र रोनाल्डोको कारण मिलान स्टक एक्सचेन्जमा पनि युभेन्टसको शेयर मूल्य बढेको थियो।

रोनाल्डोको प्रभाव देखे पछि शेभरोलेट पनि म्यान्चेस्टर युनाइटेडलाई रोनाल्डो साइन गर्न र उनको £५००,००० प्रति हप्ताको तलबमा मद्दत गर्न इच्छुक रहेको खबर छ।