म्यान्चेस्टर युनाइटेडले घटायो आफ्नो स्टार मिडफिल्डरको मूल्य- रियल म्याड्रिड साइन गर्न इच्छुक

म्यान्चेस्टर युनाइटेडले आफ्नो स्टार फ्रेन्च मिडफिल्डर पोग्बाको मूल्य घटाएको छ र रियल म्याड्रिड उनलाई साइन गर्न इच्छुक रहेका छन्।

म्यान्चेस्टर युनाइटेडले आफ्नो स्टार मिडफिल्डर पोग्बाको मूल्य घटाएको छ भने उनलाई बेच्न पनि तयार रहेको खबर छ। पोग्बाको यो सिजन युनाइटेडमा प्रदर्शन राम्रो हुन सकेको छैन भने उनलाई क्लबले बेच्ने योजना बनाएको देख्न सकिन्छ खबर अनुसार युनाइटेडले हाल उनको लागि €६० मिलियनको माग गर्ने छ।

यो भन्दा अघि उनको लागि युनाइटेडले ८० मिलियन सम्मको माग राख्दै आएको थियो। उनि माथि रियल र युभेको चासो रहेको थियो भने पोग्बा पनि युनाइटेड छोड्ने मनसायमा रहेका थिए।

रियलका कोच जिदान, पोग्बाका फ्यान हुन् र धेरै समय देखि उनलाई साइन गर्ने जिदानको योजना भए पनि उनि असफल रहेका थिए र हाल युनाइटेडले उनको मूल्य घटाए पछि जिदानले फेरी पोग्बालाई साइन गर्न प्रयास गर्न सक्ने कुरा छ।

पोग्बा पनि रियल जान इच्छुक रहेका छन् भने जिदानलाई उनि आफ्नो आइडल मान्ने गर्छन।