म्यान्चेस्टर युनाइटेडले गर्यो माउरिसियो पोचेटिनो संग सम्पर्क

LONDON, ENGLAND - NOVEMBER 24: Mauricio Pochettino, Manager of Tottenham Hotspur looks on prior to the Premier League match between Tottenham Hotspur and Chelsea FC at Tottenham Hotspur Stadium on November 24, 2018 in London, United Kingdom. (Photo by David Ramos/Getty Images)

म्यानचेस्टर युनाइटेडले स्पर्सका पुर्व प्रबन्धक माउरिसियो पोचेटिनो संग समरका गरेको खबर छ। युनाइटेडको आइतबार टोटेनह्याम संगको लजास्पद ६-१को हार पछि युनाइटेडमा ओले गुन्नार सोल्सजारको भविष्य अनिश्चित भएको छ।

गत सिज युनाइटेडलाई लिगमा तेस्रो स्थानमा लग्न सफल भएका ओले हाल निकै दबाबमा छन्। यो सिजनको सुरवात युनाइटेडको निकै नराम्रो रहेको छ।

मिररका अनुसार एड वुडवर्डले हालको अन्तर्राष्ट्रिय ब्रेकमा उनलाई पदबाट हटाउने छैनन तर वरिष्ठ क्लब प्रमुखहरूले पोचेटिनोका प्रतिनिधिहरुसंग सम्पर्क राखेका छन र ओलेलाई बर्खास्त गरे उनि खाली ठाउँ लिन तयार अवस्थामा हुने छन्।

पोचेटिनोको नेतृत्वमा स्पर्सको राम्रो प्रदर्शन रहेको थियो भने उनले स्पर्सलाई च्याम्पियन्स लिग फाइनल पुग्न पनि मदत गरेका थिए।