म्यान्चेस्टर युनाइटेडले साइन गर्यो ब्राजिलियन लेफ्ट ब्याक

म्यान्चेस्टर युनाइटेडले एफसी पोर्टोका लेफ्ट-ब्याक एलेक्स टेलिस साइन गरेको छ। ब्राजिलका खेलाडी पोर्टोमा निकै राम्रो खेल्दै छन् र युनाइटेडमा उनले लुक शलाई प्रतिस्थापन गर्न सक्ने कुरा छ।

बार्सिलोनाले पनि उनलाई साइन गर्न चासो देखाएको थियो तर हाल युनाइटेडले उनलाई सेन गर्न सफल भएको छ र उनको लागि युनाइटेडले €२० मिलियन तिरेको कुरा छ।

२७ बर्षेका लेफ्ट ब्याकको प्रदर्शन निकै राम्रो रहेको छ भने उनि डिफेन्सिली रुपमा ठोस देखिन्छ र प्रशस्त गुणस्तरको साथ अगाडि पनि बढिरहेका हुन्छन, उनको लागि युनाइटेडले €२० मिलियनको प्रस्ताव गरेको थियो र पोर्टोले सो प्रस्ताव स्वीकार गरेको छ ।

सो खेलाडीको बारेमा युनाइटेडले आधिकारिक रुपमा घोषणा गरेको छैन र अब उनले युनाइटेड संग मेडिकल गर्ने छन् र सो पछि युनाइटेडले उनको बारे फ्यानहरुलाई घोषणा गर्ने कुरा छ।