“म्यान्चेस्टर युनाइटेडले सान्चो भन्दा केन साइन गर्नु पर्छ”

पूर्व रेड डेभिल स्टार अटल छन् कि क्लबले ट्रान्सफर विन्डो अन्त्य हुने अगाडि गलत प्रकारको प्लेयरलाई प्राथमिकता दिइरहेको छ।

वेन रुनी विश्वास गर्छन कि म्यान्चेस्टर युनाइटेडले £१०० मिलियन ह्यारी केनमा खर्च गर्नु पर्छ जेडन सान्चोमा भन्दा पनि। रेड डेभिलहरू लामो समयदेखि बरुसिया डार्टमन्डका स्टार सान्चो साइन गर्न इच्छुक रहेका छन् तर उनको ट्रान्सफर शुल्कमा सहमत गर्न असफल भए पछि युनाइटेडले उनलाई साइन गर्न सकेका छैनन् भने सान्चो अझै पनि युनाइटेडको मुख्य लक्ष्य रहेका छन्।

आफु सान्चोको फ्यान भए पनि युनाइटेडले सान्चो भन्दा केन साइन गर्नु पर्ने रुनीको विश्वास रहेको छ। “जेडन सान्चोएक शीर्ष खेलाडी हुन्, तर मलाई यो अनौंठो लाग्यो कि उनी युनाइटेडको स्थानान्तरण प्राथमिकता रहेको छ,” रुनीले सन्डे टाइम्सका लागि आफ्नो विचार लेखे।

“हामी संग पहिले नै भएको प्रतिभा जस्ता खेलाडीको लागि £१०० मिलियन बराबर किन तिर्ने ? युनाइटेडमा मार्कस रश्फर्ड र एन्थोनी मार्शल छ र सान्चोको आगमनले मेसन ग्रीनवुडलाई कहाँ राख्ने छ र दुई जना उस्तै उमेरका छन्?

“मेरो विचारमा केनलाई १०० मिलियनमा साइन गर्ने युनाइटेडको लागि राम्रो हुने छ। हो, टोनह्यामबाट केनलाई किन्नु गाह्रो, सायद असम्भव होला तर युनाइटेड क्लब हो जसले सबै भन्दा राम्रो खेलाडीहरू साइन गर्ने प्रयास गर्नु पर्छ र केनलाई साइन गर्ने प्रयास गर्नुपर्दछ। ओलेलाई ठीक त्यस्तै खेलाडीको आवस्यक छ, हालान्ड पनि थियो, तर युनाइटेडले उनलाई गत वर्ष साइन गर्न सकेन – वास्तविक नम्बर ९।

“केन वा हालान्ड वा रोबर्ट लेवान्डोव्स्की जस्तो खेलाडीले रेशफर्ड र मार्शललाई पनि खेल्ने र विभिन्न क्षेत्रमा घुम्ने स्वतन्त्रता दिने छ, र ति खेलाडीले सधैं स्कोर गर्नु पर्ने बोझ हट्ने थियो।