म्यान्चेस्टर युनाइटेडले भित्र्यायो उत्कृष्ट गोलकर्ता

म्यान्चेष्टर युनाईटेडले उरुगुवेका लेजेन्ड इडिन्सन काभानी भित्र्याउने पक्का भएको छ ।

पीएसजीका फरवार्ड काभानी म्यान युनाइटेडमा आबद्ध हुने आईतबार इङ्ल्याण्ड प्रस्थान गर्ने भएका छन् ।

उरुग्वेका अन्तराष्ट्रिय फरवार्ड युनाइटेडसंग जोडिएका थिए । तर सम्झौता भने हुन सकेको थिएन । काभानीले युनाइटेडमा दुई वर्षको सम्झौता गर्ने अपेक्षा गरिएको छ ।

गत जुनबाट काभानीको पीएसजीसंगको सम्झौता सकिएको थियो ।


नेयमारको आगमनसंगै काभानी पीएसजीमा पछि परेका थिए । उनले युरोपेली क्लब फुटबलमा अझै प्रगति हासिल गर्ने विश्वास सहित पीएसजी छाडेका थिए ।

ओल्ड ट्राफोर्डबाट खेल्ने काभानीको इच्छामा युनाइटेड सकारात्मक देखिदै आएको छ ।

काभानीको उमेरमा युनाइटेडले खासै मतलब गरेको छैन । उनको अनुभवले युनाइटेडका युवा खेलाडी विकासमा योगदान गर्ने अपेक्षा गरिएको छ ।

समर ट्रान्सफरमा युनाइटेडले बोरुसिया डर्टमण्डका विङ्गर जाडोन साञ्चो अनुबन्धन गर्न चाहेको थियो । तर सो प्रक्रिया अघि बढ्न सकेको छैन । तर युनाइटेडको प्रस्तावमा डर्टमण्ड इङ्ल्याण्डका विङ्गरलाई प्रिमियर लिग फर्काउन चाहदैन ।

युनाइटेड केही आलोचनाका लागि तयार देखिन्छ तर काभानीले बनाएका कीर्तिमानले उरुग्वेका फरवार्डलाई न्याय गर्ने ठान्छ ।

काभानीले ५ सय ५६ क्लब खेलमा ३ सय ४१ गेल गरेका छन् । उनले पीएसजीका लागि ३ सय १ खेलमा २ सय गोल पुरा गरेका छन् । उनले उरुग्वेका लागि १ सय १६ अन्तराष्ट्रिय खेलमा ५० गोल गरेका छन् ।

सन् २०१६ मा ज्लाटन इब्राहिमोभिचको आगमनले युनाइटेडमा पारेको प्रभावबारे क्लबका पदाधिकारी जानकार छन् ।