म्यान्चेस्टर युनाइटेडले £३२ मिलियनमा अर्जेन्टिनाका लेफ्ट ब्याक साइन गर्न सक्ने

म्यान्चेस्टर युनाइटेड आयाक्सका लेफ्ट-ब्याक निकोलस टैग्लियाफिको साइन गर्न £३२ मिलियन तिर्न तयार रहेको खबर छ। अर्जेन्टिनाका खेलाडी आयाक्समा निकै राम्रो खेल्दै छन् र युनाइटेडमा उनले लुक शलाई प्रतिस्थापन गर्न सक्ने कुरा छ।

बार्सिलोना पनि उनलाई साइन गर्न इच्छुक रहेको खबर छ। उनले जोर्डि अल्बालाई प्रतिस्पर्धा प्रदान गर्न बार्साको विश्वास रहेको खबर छ, तर स्पेनिस आउटलेटको दावी छ कि युनाइटेड उनि संग सम्झौताको दौडमा अगाडि छन् र £३२ मिलियन तिर्न तयार छन्।

२८ बर्षेका लेफ्ट ब्याकको प्रदर्शन निकै राम्रो रहेको छ भने उनि डिफेन्सिली रुपमा ठोस देखिन्छ र प्रशस्त गुणस्तरको साथ अगाडि पनि बढिरहेका हुन्छन, पछिल्ला समयमामा आयाक्सका लागि उनि प्रभावशाली र एक महत्वपूर्ण खेलाडी बनेका छन् ।