म्यान्चेस्टर युनाइटेडले ३ नयाँ खेलाडीहरु साइन गर्ने

म्यानचेस्टर युनाइटेडले ३ नयाँ खेलाडीहरु साइन गर्ने योजना बनाएको इटालियन स्काईपोर्ट्स रिपोर्टर फाब्रीजियो रोमानोले बताएका छन्।

खबर अनुसार युनाइटेडले आफ्नो प्राथमिकता नयाँ लेफ्ट ब्याक र राइट विंगरमा दिने छ र सम्भावित एक नयाँ सेन्टर ब्याक पनि युनाइटेडले साइन गर्ने छ। खबर अनुसार युनाइटेडले पोर्तोका एलेक्स टेलिसका एजेन्ट संग सम्पर्क गरेका छन्। टेलिस पनि क्लब छोड्न चाहन्छन् र युनाइटेडले उनको स्थिति मोनिटर गर्दै गरेको र युनाइटेडले प्रस्ताव पठाउने रोमानोले बताएका छन्।

युनाइटेडको नजरमा अर्को लेफ्ट ब्याक पनि रहेको कुरा छ जसको नाम भने खुलेको छैन। जेडन सान्चो साइन गर्ने योजनामा रहेका रेड डेभिलस उनलाई साइन गर्न असफल हुदै आएका छन् भने उनको विकल्प पनि युनाइटेडले खोज्न थालेको छ।

सिजनको पहिल लिग खेलमा क्रिस्टल प्यालेस संग १-३ले पराजित भए पछि नयाँ खेलाडी साइन गर्न युनाइटेडले अब झन् सक्रिय हुने खबर छ।