म्यान्चेस्टर युनाइटेडलाई पछि पार्दै रियल म्याड्रिडका स्टार साइन गर्न नजिक टोटनह्याम

BANGKOK, THAILAND - SEPTEMBER 12: The Logo of Manchester United and Tottenham Hotspur on Football Jerseys on September 12 ,2017 in Bangkok Thailand.

म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै टोटनह्याम, रियल म्याड्रिडका लेफ्ट ब्याक सर्जियो रेगुइलन साइन गर्न नजिक पुगेको खबर छ।

२० बर्सका लेफ्ट ब्याकले गत सिजन लोनमा सेभिल्लामा खेलेका थिए र त्यहाँ उनको खेल राम्रो रहेको थियो हाल उनि रियलमा फर्किए पनि स्थायी रुपमा रियल छोड्न चाहन्छन् र म्यान्चेस्टर युनाइटेडले उनलाई साइन गर्न चासो देखाए पनि टोटनह्याम उनलाई साइन गर्न नजिक पुगेको खबर छ।

रियल पनि उनलाई बेच्न तयार रहेका छन् र उनको लागि £२० मिलियनको माग गर्दै आएका छन् ।

म्यान्चेस्टर युनाइटेडले उनलाई साइन गर्न चासो देखाए पनि उनको लागि सो रकम तिर्न अनिच्छुक रहेका थिए भने हाल स्पर्सले उनलाई साइन गर्न युनाइटेडलाई पछि पार्ने क्रममा रहेका छन्।