म्यान्चेस्टर युनाइटेडले रियलका लेफ्ट ब्याक साइन गर्न सक्ने

म्यानचेस्टर युनाइटेडले नयाँ सिजनको अगाडी रियल म्याड्रिडका लेफ्ट ब्याक सर्जियो रेगुइलनको लागि €३० मिलियनको प्रस्ताव गर्ने खबर छ।

युनाइटेडले डोनी भ्यान डे बीक साइन गर्दै मिडफील्डमा गुणस्तरको गहिराइको मुद्दा सम्बोधन गरेको छ र अब युनाइटेडले डिफेन्स तिर ध्यान दिने कुरा छ। नयाँ सिजन सुरु हुन् धेरै समय नरहे पनि युनाइटेडले धेरै खेलाडी भित्राएको छैन र सान्चो साइन गर्ने लक्ष्य राख्दै गरेको युनाइटेडले सफलता पाएको छैन र हाल आफ्नो ध्यान युनाइटेडले नयाँ लेफ्ट ब्याक साइन गर्ने तिर लागेको छ।

खबर अनुसार म्यान्चेस्टर युनाइटेडले रियलका सर्जियो रेगुइलनलाई साइन गर्ने योजना बनाएको छ। रियल पनि उनलाई बेच्न तयार रहेको कुरा छ र उनको मूल्य €३० मिलियन हुन सक्ने छ।