म्यान्चेस्टर युनाइटेडले एयाक्सका स्टार मिडफिल्डर साइन गर्दै

म्यान्चेस्टर युनाइटेड एयाक्सका स्टार मिडफिल्डर डोनी भ्यान डे बीक संग व्यक्तिगत सम्झौतामा पुगेको खबर छ। डच पत्रकार माइक भेरवीजका अनुसार रेड डेभिलसले एयाक्सका स्टार मिडफिल्डरको लागि €४५ मिलियन तिर्ने छ।

यस गर्मीमा बार्सिलोना र रियल म्याड्रिड उनलाई साइन गर्ने योजनामा थिए तर खबर अनुसार युनाइटेडसँग पाँच बर्षे सम्झौतामा उनले हस्ताक्षर गर्नेछन्।

२३ बर्षेका मिडफिल्डर गर्मीमा युनाइटेडको लागि पहिलो नयाँ खेलाडी हुनेछन्, जेडन सान्चो र ज्याक ग्रेलीश साइन गर्न असफल रहेका युनाइटेडले एयाक्सका स्टार मिडफिल्डर भने भित्राउन नजिक पुगेको छ।

२३ बर्सका डच मिडफिल्डरको प्रदर्शन एयाक्समा निकै राम्रो रहेको छ र क्लबका लागि उनि एक महत्त्वपूर्ण खेलाडी बनेका थिए। २०१९मा च्याम्पियन्स लिग सेमीफाइनल सम्म एयाक्सको यात्रामा डोनी भ्यान डे बीक पनि ठुलो योगदान रहेको थियो।