रियल म्याड्रिडका स्टार राइट विङ्ग ब्याक लुकास भाजक्वेज र क्लब बिचको नयाँ सम्झौताको वार्ता असफल भए पछि प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेडले उनलाई साइन गर्न सक्ने खबर छ।
रियलको लुकास भाजक्वेज सँगको नयाँ सम्झौताको वार्ता विफल भए पछि उनले क्लब छोड्न सक्ने सम्भावना बढेको बेला उनको अवस्थामा युनाइटेडले निगरानी राखेको जानकारी छ। २९ वर्षीय विंग ब्याकका एजेन्टले लस ब्लान्कोसका महानिदेशक जोस एन्जेल सान्चेजलाई भेटेका थिए तर दुई बिच कुनै सम्झौता हुन सकेको थिएन।
खबर अनुसार युनाइटेड नयाँ डिफेन्डरको खोजीमा रहेको छ र उनी फ्री एजेन्ट हुने क्रममा रहेको बेला युनाइटेडले उनलाई आफ्नो योजनामा राखेको छ।
According to reports in Spain, Tottenham currently have the advantage over Arsenal in the competition to sign Lucas Vázquez.
His contract with Real Madrid expires this summer and wants a four-year deal with his new side. pic.twitter.com/gR72dms1PO
— Footy Accumulators (@FootyAccums) March 22, 2021
उनको माथि अन्य क्लबहरूको पनि नजर रहेको खुलेको छ। अर्सेनल, टोटनह्याम, नेपोली र एभर्टनले पनि उनलाई आफ्नो योजनामा राखेको कुरा छ।
रियलले उनलाई सुरुमा ३ वर्षको सम्झौता विस्तारको प्रस्ताव गरेको थियो जुन अनुसार उनको तलबमा १० प्रतिशत कटौती रहेको थियो जुन भाजक्वेजले अस्वीकार गरे र सो पछि दुई बिच वार्ता सफल हुन सकेको छैन।