म्यान्चेस्टर युनाइटेडले एफए कपमा लिग वानको क्लब ट्रानमेरे रोभर्सबिरुद्ध शान्दार जित हात पारेको छ ।
खेलमा डिफेन्डर ह्यारी म्याग्वाएरले १० औं मिनेटमा उत्कृष्ट गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई अग्रता दिलाए ।
१३ औं मिनेटमा अर्को डिफेन्डर डिएगो डालोटले गोल गर्दै युनाइटेडले २-० बनायो ।
१६ औं मिनेटमा जेसी लिङ्गाडले गोल गर्दै म्यान्चेस्टर युनाइटेडले ३-० को अग्रता बनायो ।
४१ औं मिनेटमा फिल जोन्सले हेर्डर मार्फत गोल गरे ।
४५ औं मिनेटमा एन्टोनी मार्सियालले गोल गर्दै युनाइटेडले पहिलो हाफमा ५-० को अग्रता बनायो ।
दोस्रो हाफमा युवा स्ट्राइकर मेसन ग्रीनवुडले ५६ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई ६-० को जित दिलाए ।
जितसंगै म्यान्चेस्टर युनाइटेड अन्तिम १६ मा प्रवेश गरेको छ ।