म्यान्चेस्टर युनाइटेडले स्पोर्टिंग सीपीका स्टार मिडफिल्डर साइन गर्ने

म्यानचेस्टर युनाइटेडले आगामी दिनमा स्पोर्टिंग सीपीका मिडफिल्डर ब्रुनो फर्नांडीसको लागि प्रस्ताव राख्ने खबर छ।

खबर अनुसार युनाइटेडले यस हप्ता स्पोर्टिंग लिस्बनलाई फर्नांडीसका लागि £५१ मिलियनको औपचारिक प्रस्ताव राख्ने छ।

युनाइटेड यस हप्ता पोर्तुगाली क्लबसँग वार्तामा बसेका छन् ,ओले गुन्नार सोल्स्कजायरको टीमलाई सुदृढ पार्न मिडफिल्डर साइन गर्न सख्त प्रयासमा रहेका छन्।

२५ बर्षेका स्टारको सम्झौतामा £८५ मिलियन रिलीज क्लज रहेको छ यद्यपि स्पोर्टिंगले उनलाई £६० मिलियनमा बेच्न सक्ने सुझाव दिएको छ।

युनाइटेड विश्वस्त छन् कि फर्नांडीसको लागी क्लबले मूल्य घटाउने छ न् र स्पोर्टिंगबाट उनि युनाइटेड आउने छन् ।

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ