म्यान्चेस्टर युनाइटेडले ला लिगाका स्टार गोलकिपर साइन गर्न सक्ने

म्यानचेस्टर युनाइटेड आउँदो गर्मीमा गोलकिपरको खोजीमा हुने खबर छ र एटलेटिको म्याड्रिडका स्टार जान ओब्लाक युनाइटेडको मुख्य लक्ष्य रहेको कुरा छ ।

हाल युनाइटेडको मुख्य गोलकिपर डेभिड डे हेया रहेका छन् भने उनी विश्वकै सबैभन्दा बढी तलब पाउने गोलकिपर रहेका छन् तर यो सिजन उनको प्रदर्शन धेरै राम्रो हुन सकेको छैन भने हाल व्यक्तिगत कारण उनले युनाइटेडको केही खेल गुमाएका छन्।

खबर अनुसार हाल युनाइटेड नयाँ गोलकिपरको खोजीमा छ र ला लिगाका स्टार गोलकिपर साइन गर्न युनाइटेडको योजना रहेको छ। डेभिड डे हेयालाई साइन गर्न पिएसजी इच्छुक रहेको बेला उनलाई बेचेर युनाइटेडले तलब खर्च कम गर्न सक्ने छन् भने उनको विकल्पमा एटलेटिको म्याड्रिडका स्टार जान ओब्लाक उत्कृष्ट हुन सक्ने छन्।

एसी मिलानका स्टार गोलकिपर जियानलुजी डोनारुम्मामा पनि युनाइटेडको नजर रहेको खबर छ भने युनाइटेडको मुख्य लक्ष्य ओब्लाक हुन सक्ने जानकारी छ।