म्यान्चेस्टर युनाइटेडलाई पछि पार्दै रियल म्याड्रिड स्टार विंग-ब्याक लुकास भाजक्वेजलाई बायर्न म्युनिखले साइन गर्ने खबर छ।
‼️ Alaba to Madrid, Lucas Vázquez to Bayern Munich. The two players have rejected the renewal offers presented by their clubs and the symbolic swap deal is close to taking place. #rmlive 🇪🇸🇦🇹⏳
— MARCA
— Los Blancos Live (@blancoslive) March 31, 2021
अनुभवी विंग-ब्याकको सम्झौता सिजनको अन्त्यमा समाप्त हुने छ र रियल सँग उनको सम्झौता विस्तार भएको छैन र धेरै क्लबको नजर उनी माथि रहेको छ। चेल्सी र म्यान्चेस्टर युनाइटेड जस्तो क्लब उनलाई साइन गर्न इच्छुक रहेको चर्चा हुँदा जर्मन च्याम्पियन बायर्न म्युनिख अन्य क्लबहरूलाई पछि पार्दै उनलाई साइन गर्न तयार रहेको खबर छ।
MARCA: Lucas Vazquez is close to joining Bayern Munich. The German club are very interested in the Spaniard’s services. pic.twitter.com/6hmsTa6t82
— Real Madrid News (@onlyrmcfnews) March 31, 2021
खबर अनुसार बायर्नले उनलाई रियलको भन्दा राम्रो प्रस्ताव गर्ने छ र सो सम्झौता ४ वर्षको हुने छ। रियलले उनलाई १ वर्षको सम्झौता विस्तार को प्रस्ताव गरेको थियो जसमा १० प्रतिशतको तलब कटौती थियो।
खबर अनुसार बायर्न उनलाई राम्रो तलब पनि दिन तयार हुने छ जुन सँग रियलले प्रतिस्पर्धा गर्ने सक्ने छैन।