“म्यान्चेस्टर युनाइटेडमा ब्रुनो फर्नान्डेजको प्रभाव क्रिस्टियानो रोनाल्डोको जस्तै”

म्यान्चेस्टर युनाइटेडका कोच ओले गुन्नार सोलस्करले ब्रुनो फर्नान्डेजको प्रशंसा गरेका छन्। र म्यानचेस्टर युनाइटेडमा उनको प्रभावलाई क्रिस्टियानो रोनाल्डोको प्रभाव संग मिल्दोजुल्दो रहेको उनको दावी रहेको छ।

स्पोर्टिंग सीपीबाट युनाइटेड आएका मिडफिल्डरको प्रदर्शन निकै राम्रो रहेको छ ३५ खेलमा उनि ३४ गोलमा संलग्न रहेका छन्। इस्तानबुल बिरुद्धको च्याम्पियन्स लिग खेलमा उनले दुई गोल गरेका थिए र कोच ओले उनि संग धेरै खुसी देखिन्छन्।

“उहाँसँग पक्कै त्यस्तो उपस्थिति छ [रोनाल्डो जस्तै],” नर्वेली कोचले भने। “उनको टीम मेटहरुमा त्यो असर र प्रभाव।”

 

“हामी उनको आगमन पछिको नतिजाहरु हेर्न सक्छौं। उनीसँग प्रशस्त ऊर्जा, नेतृत्व गर्ने क्षमता छ। उनी एक टिम खेलाडी हुन्, जुन हामीलाई अगाडि बढ्नको लागि महत्वपूर्ण छ।”