म्यान्चेस्टर युनाइटेडका पुर्व खेलाडी लुइस नानीले बताएकी न्यु यरको अघिल्लो दिन प्रशिक्षणमा झ्याप भएर आउदा पनि सर एलेक्स फर्गुसनले केही मत्लब गर्दैन थियो ।
नानी, जसले हाल अमेरिकाको मेजर लिग सक्करमा ओर्लान्डो सिटीबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका छन्, उनले म्यान्चेस्टर युनाइटेडबाट ७ वर्ष खेले र प्रेमिएर लिगमा २५ गोल पनि गरेका छन् ।
एलेक्स फर्गुसनको प्रशिक्षणमा खेलेका नानी बताउछन्, एलेक्स फर्गुसन खेलाडीहरुसंग धेरै कडा नभएको र खेलाडीहरुलाई कहिले ब्रेक दिने ध्यान रख्नु हुन्थ्यो ।
“म कहिल्यै समस्यामा परिन्,” नानी भन्छन् ।
“न्यु यरको बेला, हामी झ्याप भएर प्रशिक्षण जादा पनि कोचले खासै मत्लब गर्दैन थियो । यो सर एलेक्स फर्गुसनको राम्रो कुरा थियो, खेलाडीहरुसंग कसरी व्यवहार गर्ने र भन्नु हुन्थ्यो, ‘आजको दिन एकदम विशेष छ, आज म धेरै माग गर्ने छैन’ ।