म्यान्चेस्टर युनाइटेडमाथी अस्टानाको रोमान्चक जित

युइएफए युरोपा लिग अन्तर्गत बिहिबार भएको समूह चरणको खेलमा म्यान्चेस्टर युनाइटेड काजाखस्तानको क्लब अस्टानासंग हार्न पुगेको छ ।

खेलमा म्यान्चेस्टर युनाइटेडले सबै युवा खेलाडी खेलाएका थिए ।

म्यान्चेस्टर युनाइटेडले १० औं मिनेटमा लिङ्गाडको गोल मार्फत अग्रता लियो ।

दोस्रो हाफको ५५ औं मिनेटमा अस्टानाका शोम्कोले गोल गर्दै खेल बराबरीमा ल्यायो ।

६२ औं मिनेटमा म्यान्चेस्टर युनाइटेडका युवा डिफेन्डर बर्नाडले आत्माघाती गोल गर्दै अस्टानाले खेल २-१ ले जित्न सफल भयो ।

यो अस्टानाको समूह चरनमा पहिलो जित पनि हो ।

जित संगै अस्टाना अन्तिम स्थानमै रहेको छ भने म्यान्चेस्टर युनाइटेड हार पछि पनि शीर्ष स्थानमै रहेको छ ।