म्यान्चेस्टर युनाइटेडमाथी लिभरपुलको गोलको वर्षा

इङलिस प्रेमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यान्चेस्टर युनाइटेड लिभरपुलबिरुद्ध ५-० ले हारेको छ ।

खेलमा लिभरपुलले पहिलो हाफ मै ४-० बनाएको थियो भने दोस्रो हाफमा लिभरपुलले अर्को एक गोल थपे ।

खेलमा लिभरपुलका मोहम्मद सालाहले ह्याटि्रक गरे भने केइता र जोताले एक एक गोल गरे ।

जितसंगै लिभरपुल लिगको दोस्रो स्थानमा रहेको छ भने म्यान्चेस्टर युनाइटेड ७ औं स्थानमा झरेको छ ।