म्यान्चेस्टर युनाइटेडद्वारा लुकाकुलाई जरिवाना

स्ट्राइकर रोमेलु लुकाकुलाई म्यान्चेस्टर युनाइटेडले जरिवाना लगाएको छ ।

मंगलवार प्रशिक्षणमा नआएको भन्दै म्यान्चेस्टर युनाइटेडले आफ्ना खेलाडी लुकाकुलाई जरिवाना लगाएको हो ।

लुकाकु आफ्नो घरेलु तथा पुर्व क्लब एन्डर्लेट्चको युवा टिमसंग प्रशिक्षणमा थियो, जब कि उनी म्यान्चेस्टर युनाइटेडको क्यारिङ्टनमा प्रशिक्षणमा हुन पर्ने थियो ।

लुकाकुले म्यान्चेस्टर युनाइटेड छोडेर इटालीयन क्लब इन्टर मिलान अथवा युभेन्ट्स जाने चर्को हल्ला भए पनि युनाइटेडको माग दिन नसके पछि इटालियन क्लबहरुले उनलाई भित्र्याउन नसकेको हो ।

म्यान्चेस्टर युनाइटेडको प्रशिक्षक ओले गुनार सोल्सायरको योजनामा पर्न नसके पछि लुकाकु क्लब छोड्ने तर्खरमा रहेको हो ।