“म्यान्चेस्टर युनाइटेडका खेलाडीहरू उचित फुटबलरहरू जस्तो प्रदर्शन गर्दैनन्”

लिभरपूलका पुर्व स्टार ग्रेमी सउनेसले म्यानचेस्टर युनाइटेडका खेलाडीहरूको आलोचना गरेका छन् ।

लिभरपूल लिगमा युनाइटेड बिरुद्ध २७ अंकको अग्रता लिन सफल छ र ३० वर्ष पछि लिग जित्ने बाटोमा छ।

“यी खेलाडी हुन्,” उनले भने। ” कि त तपाई खेलाडी हुनुहुन्छ वा तपाईं खेलाडी हुनुहुन्न। तपाईं ठूलो खेलाडी हुनुहुन्छ वा तपाईं ठूलो खेलाडी हुनुहुन्न। म निश्चित छु कि त्यहाँ छन् (उचित खेलाडीहरू), तर मैदानमा यो पर्याप्त देखाउँदैनन् । जब तपाईं उपयुक्त खेलाडीहरू भन्नुहुन्छ, मार्कस राशफोर्डलाई त्यहाँ मद्दत चाहिन्छ।

“युनाइटेडका गोलकीपर (डेभिड डे हेया) एक शीर्ष गोलकीपर हुन्, सेन्टर-ब्याक(ह्यारी) कुनै पनि टीममा जान सक्छन् र उनीहरू संग केही राम्रो खेलाडीहरू छन्, तर उनीहरू पर्याप्त छैनन। ”

सउनेसले थपे: “त्यसकारण, एक हप्ता, उनीहरूले आफ्ना समर्थकहरूलाई उत्साहित गर्छन र अर्को हप्ता उनीहरूको स्थिति ‘हामी कहाँ जाँदैछौं?’ भन्ने हुन्छ यो प्रिमियर लिगको आगमनदेखिको सबै भन्दा कमजोर म्यान युनाइटेड टिम हो।

उनले युनाइटेडलाई तल्लो लिगको टिम रोचडेल वा बार्न्सली संग तुलना गरे।