म्यान्चेस्टर युनाइटेडको अपराजित यात्रा कायमै

म्यान्चेस्टर युनाईटेडको प्रि–सिजनमा उत्कृष्ट लय कायमै रहेको छ ।

मंगलबार राति भएको खेलमा युनाईटेडले नर्वेजियन क्लब क्रिस्टियनसन्डलाई १–० गोल अन्तरले हराएके हो । खेलको अन्तिम मिनेटमा जुवान माटाले पेनाल्टीमा गोल गरे ।

पाउल पोग्बाले उपलब्ध गराएको पासलाई लिने क्रममा माटालाई डिबक्सभित्र फल गरिएको थियो । प्राप्त पेनाल्टीमा उनले गोल गरे ।

बलियो टिमलाई नर्वेजियन क्लबविरुद्व मैदान उतारेपनि युनाईटेडले मार्कोस रासफोर्ड र डेभिड डी गियालाई सुरुवातमा मैदानमा उतार्दै पोग्बालाई बेन्चमा राखिएको थियो ।

पोग्बा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेर प्रभाव देखाउन सफल रहे ।

युनाईटेडले अब प्रि–सिजनको अन्तिम खेलमा ए.सी मिलानसंग कार्डिफमा शनिबार खेल्नेछ ।