म्यान्चेस्टर युनाइटेडको इन्टर मिलान माथी जित

म्यान्चेस्टर युनाइटेडको प्री सिजन खेलमा अपराजित यात्रा कायमै रहेको छ ।

सिङगापोरमा भएको खेलमा म्यान्चेस्टर युनाइटेडले इन्टर मिलानलाइ १-० ले हराएको हो ।

पहिलो खेलमा गोल रहित बराबरी खेलेको थियो ।

दोस्रो हाफमा म्यान्चेस्टर युनाइटेडका युवा स्ट्राइकर मेसन ग्रीनउडले ७६ मिनेटमा गोल गर्दै युनाइटेडलाई जित दिलाएको हो ।

अब म्यान्चेस्टर युनाइटेडले २५ जुलाईमा टोटेन्ह्याम संग खेल्ने छ ।