म्यान्चेस्टर युनाइटेडको सान्दार जितमा १७ बर्षे युवाको गोल

अस्ट्रेलिया टुरमा रहेका म्यान्चेस्टर युनाइटेडले आफ्नो दोस्रो प्री सिजन खेलमा पनि जित निकालेको छ ।

लिड्स युनाइटेडसंग भएको खेलमा म्यान्चेस्टर युनाइटेडले ४-० को सान्दार जित निकालेको हो ।

पहिलो गोल १७ बर्षे युवा मेसन ग्रीनवुडले ७ औं मिनेटमा नयाँ खेलाडी बिस्साकाको क्रसमा गरेको थियो । त्यसै गरि दोस्रो गोल २७ औं मिनेटमा मार्कोस रास्फोडले गरे ।

दोस्रो हाफको ५१मिनेटमा पेरेराको कर्नरमा हेडिङ गर्दै फिल जोन्सले युनाइटेडको अग्रता तेब्बर पारे । अन्तिम गोल ६९ मिनेटमा मार्सियालले पेनाल्टी मार्फत गर्दै युनाइटेडलाई ४-० को जित दिलाएको हो ।