म्यान्चेस्टर युनाइटेडका स्टार मिडफिल्डरलाई पिएसजीमा भित्राउन पोचेटिनो इच्छुक

पोचेटिनो पिएसजीमा म्यान्चेस्टर युनाइटेडका स्टार मिडफिल्डर पोग्बा साइन गर्न इच्छुक रहेको खबर छ। अर्जेन्टाइन कोच युनाइटेडका फ्रेन्च मिडफिल्डरको प्रतिभाको एक ठूलो प्रशंसक हुन्।

नयाँ पेरिस सेन्ट-जर्मेन कोच मौरिसियो पोचेटिनो पल पोग्बालाई गर्मीको ट्रान्सफर विन्डोमा आफ्नो प्राथमिकता बनाउने खबर छ।

स्टार मिडफिल्डर लामो समयदेखि म्यानचेस्टर युनाइटेड छोड्ने चर्चा रहेको छ र उनको एजेन्टले पनि पोग्बाले चाडै क्लब छोड्ने स्पष्ट गरेका थिए।

उनलाई साइन गर्न युभेन्टस र रियल म्याड्रिड इच्छुक छन् भने हाल खबर अनुसार पोचेटिनोले पनि उनलाई आफ्नो टीम भित्राउन चाहन्छन्।