म्यान्चेस्टर युनाइटेड हाल आफ्नो स्टार मिडफिल्डर पल पोग्बा बेच्न तयार हुने कुरा रहेको बेला युभेन्टस उनलाई साइन गर्न इच्छुक छन्।
Paulo Dybala and Federico Bernardeschi are being offered to Man United as Juventus look for ways to bring Paul Pogba back to the club, sources told @RobDawsonESPN: https://t.co/f1lxPrmLQk pic.twitter.com/HnsyuqCN9n
— ESPN FC (@ESPNFC) December 18, 2020
ईएसपीएनका अनुसार युभे आफ्नो पुर्व खेलाडी पोग्बालाई फेरी साइन गर्न चाहन्छन् र सो प्रयासमा आफ्नो दुई खेलाडीको प्रस्ताव राख्ने कुरा छ।
खबर अनुसार पोग्बा फिर्ता गर्न युभे पाउलो डिबाला र फेडेरिको बर्नार्डिचीलाई युनाइटेडलाई दिन तयार हुने छन्। युनाइटेड र पोग्बा बीच केहि विवाद सुरु भएको थियो र युनाइटेड पोग्बालाई बेच्न तयार हुने खबर रहेको थियो। हाल ईएसपीएनका अनुसार डिबाला र फेडेरिको बर्नार्डिची दिएर पोग्बा साइन गर्ने युभेको योजना हुन सक्ने छ जसमा युनाइटेड पनि सहमत हुन सक्ने कुरा छ।
Juventus are prepared to use Paulo Dybala and Federico Bernardeschi as makeweights in their bid to prise Paul Pogba from Man Utd, according to ESPN 🤝 pic.twitter.com/WuqJTvQL4e
— Goal (@goal) December 18, 2020
पोग्बा २०१६मा युभेबाट युनाइटेड आएका थिए र हाल उनि क्लब छोड्न इच्छुक रहेको कुरा छ। रियलले पनि उनि माथि चासो देखाए पनि हाल युभे उनलाई साइन गर्न नजिक हुने कुरा छ।