म्यान्चेस्टर युनाइटेडका स्टारलाई लोनमा साइन गर्न युभेन्टस इच्छुक

युभेन्टस म्यान्चेस्टर युनाइटेडका स्टार मिडफिल्डरलाई लोनमा साइन गर्न इच्छुक रहेको खबर छ। खबर अनुसार युनाइटेडका पल पोग्बा साइन गर्न युभे इच्छुक छन् र उनलाई लोनमा साइन गर्ने क्लबको योजना रहेको छ।

युनाइटेडले पोग्बालाई युभेन्टसबाटै £८९ मिलियनमा साइन गरेका थिए तर हाल पोग्बाले क्लब छोड्ने आफ्नो मनसाय स्पष्ट गरेका छन् र खबर अनुसार युभेन्टस उनलाई फिर्ता गर्न इच्छुक छन्।

हाल युनाइटेड पनि उनलाई बेच्न तयार रहेका छन् तर उनको ठुलो तलब र मूल्यले उनलाई साइन गर्न चासो दिने क्लबको कमी भएको थियो। हाल युनाइटेड उनलाई घाटामा बेच्न तयार रहेको खबर हुँदा युभेले उनलाई लोनमा साइन गर्न सक्ने खबर छ।