४ खेल पछि युनाइटेडका प्रशिक्षकले भने ‘हाम्रो सिजन बल्ल सुरु भयो’

म्यान्चेस्टर युनाइटेडका प्रशिक्षक आले गुनर सोल्सायरले म्यान्चेष्टर युनाइटेडको सिजन अब सुरु भएको बताएका छन् ।

शनिबार राति न्युक्यासलविरुद्ध पुनरागमन जितपछि प्रशिक्षक सोल्सायरले युनाइटेडका लागि नयाँ सिजन बल्ल सुरुवात भएको बताए ।

कप्तान ह्यारी मागुइरी प्ररित युनाइटेडले न्युक्यासलविरुद्ध शानदार जित निकालेको थियो ।

कप्तान मागुइरीले युनाइटेडकालागि बराबरी गोल फर्काएका थिए । लुक शाको आत्मघाती गोलमार्फत न्युक्यासलले खेलमा अग्रता बनाएको थियो । खेलको अन्तिम समयमा ब्रुनो फर्नान्डेस, आरोन वान बिसाका र मार्कुस रासफोर्डले गोल गरेपछि युनाइटेडले ४–१ को जित निकालेको थियो ।

युनाइटेडले प्रिमियर लिग फुटबलको सुरुवाती तीन खेलमा दुई खेलमा हार ब्यहोरेको थियो । अन्तिम खेलमा युनाईटेड टोटेनहमसंग ६–१ को लज्जास्पद हार ब्यहोरेको थियो ।
‘सिजन आजबाट सुरु भएको छ ।’ सोल्सायरले भने ।

‘हामी खेलको गतिमा आईपुगेका छौ । र यो देखिएको छ ।’ उनले थपे ।

युनाइटेडका कप्तान मागुइरीका पछिल्ला दिन खराब बिते । उनी ग्रिकमा समातिए । लगत्तै अन्तराष्ट्रिय खेलमा समेत विवादमा परे । डेनमार्कविरुद्ध १–० ले पराजित बनेको खेलमा उनी ३१ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएका थिए ।

खराब प्रर्दशनका कारण उनलाई केही समय टिम बाहिर राख्नुपर्ने आवाज समेत उठेको थियो । तर सोल्सायरले आफ्ना कप्तानलाई पहिलो रोजाईमा राख्दै मैदान उतारेका थिए । उनले युनाइटेडलाई खेलमा फर्काउन बराबरी गोलमात्र गरेनन्, अलराउण्डर प्रर्दशन गर्दै राम्रो डिफेन्सिभ खेल प्रस्तुत गरे ।

‘ह्यारीले गोल गरे र उदाहरणको रुपमा नेतृत्व गरे ।’ सोल्सायरले थपे ।

‘उनले राम्रो ब्यवहार देखाए । म उनीसंग खुसी छु । उनले केही हप्ता कठिन रुपमा बिताए ।’ सोल्सायले भने, ‘खेलमा फर्किन यो राम्रो नतिजा र राम्रो चरित्र हो ।’