म्यान्चेस्टर युनाइटेडका मिड्फिल्डर लाजियो प्रस्थान

इङलिस क्लब म्यान्चेस्टर युनाइटेडका मिड्फिल्डर एन्ड्रेस पेरेरा इटालियन क्लब लाजियोमा लोनमा प्रस्थान भएका छन् ।

२४ वर्षीय खेलाडीले गत सिजन युनाइटेडका लागि ४० खेल खेल्दै २ गोल गरेका थिए ।

गत सिजनको जनवरीमा पोर्चुगिज मिड्फिल्डर ब्रुनो फर्नान्डेज भित्र्याए पछि पेरेराले खेल्ने मौका गुमाएको हो ।

पेरेराले यस सिजन लाजियोमा लोनमा बिताउने छ ।