म्यान्चेस्टर युनाइटेडको £८९ मिलियनको प्रस्ताव डर्टमन्डद्वारा अस्वीकार

सुपरस्टार फारवर्ड जेडन सान्चोको लागि म्यानचेस्टर युनाइटेडबाट आएको £८९ मिलियनको प्रस्ताव डर्टमन्डले अस्वीकार गरेको छ।

जर्मनीका रिपोर्टहरूका अनुसार युनाइटेडले जेडनको लागि ठूलो रकम प्रस्ताव गरेको दाबी गरे जुन बुन्देस्लिगा टोलीले अस्वीकार गरेको छ।

खबर अनुसार युनाइटेड जेडनको लागि €९८ मिलियन (£८९ मिलियन)को प्रस्ताव गरेको थियो।

डर्टमन्डले उनको लागि £११८ मिलियन माग गर्ने कुरा छ र खबर अनुसार युनाइटेड डर्टमन्डको उक्त माग पुरा गर्ने सोचमा छन्।

रेड डेभिल अर्को सिजनको च्याम्पियन्स लीगमा स्थान सुरक्षित गर्न सफल भएका छन् र क्लबको मुख्य ट्रान्सफर लक्ष्य जेडन रहेका छन् र उनलाई साइन गर्न युनाइटेडको प्रयास जारी रहने खबर छ ।