म्यान्चेस्टर युनाइटेडको युवा स्टार साइन गर्ने रियल म्याड्रिडको योजना

रियाल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज म्यानचेस्टर युनाइटेडका युवा स्टार मेसन ग्रीनवुडसँग “मोहित” भएको र यस गर्मीमा उनलाई साइन गर्न ठुलो रकम तिर्न तयार रहेको खबर आएको छ ।

१८ वर्षका ग्रीनवुड हाल युनाइटेडको लागि निकै राम्रो प्रदर्शन गर्दै छन् बोर्नेमाउथ बिरुद्ध उनले दुई उत्कृष्ट गोल पनि गरे।

यस उदीयमान इन्ग्लिश फर्वार्डको यो एक एक प्रभावशाली सिजन रहेको छ, उनले हाल सम्म १५ गोल गरेका छन् र फ्यान र विशेषज्ञहरु उनको प्रदर्शनबाट उत्साहित छन्।

र यस्तो देखिन्छ कि उनको प्रदर्शनबाट रियल म्याड्रिड सतर्क भएको छ र गर्मी ट्रान्सफर विन्डोमा उनको लागि प्रस्तावगर्ने खबर पनि आएको छ ।

स्पेनिश रिपोर्टर डन बलनका अनुसार पेरेज ग्रीनवुडको लागि १०० मिलियन यूरो तिर्न तयार छन्।