म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर इटालियन क्लबमा जान सक्ने

म्यानचेस्टर युनाइटेडले आफ्नो मिडफिल्डर जेसी लिंगार्डलाई सिरी एका क्लबहरुलाई प्रस्ताव गरेको छ।

इटालियन स्थानान्तरण विशेषज्ञ तनक्रेदी पाल्मेरीले युनाइटेडले लिंगार्डको बेच्ने कुरामा सकारात्मक रहेको दाबी गरे।

रोमेलु लुकाकूले पनि युनाइटेड छाडेर इटालियन क्लब इन्टरमा गएका थिए र एलेक्सिस सान्चेजले पनि सोहि बाटो चयन गरे तर लोनमा र लिंगार्ड पनि इन्टरमा जान सक्ने खबर छ।

तर अन्य रिपोर्टहरूको अनुसार एसी मिलानको पनि उनि माथि रुचि रहेको दाबी छ।

र यो पनि खबर छ कि युनाइटेडका ट्रान्सफर प्रमुखहरूले इंग्ल्याण्ड स्टारको लागि £ २५ मिलियन माग्ने छ ।

 

नेपम्याग स्पोर्ट्सले विश्वभरका सबै खेलकुदहरूका सबै नवीनतम समाचार र लेखहरू प्रदान गर्दछ