म्यान्चेस्टर युनाइटेडको शान्दार पुनरागमन जित

इङलिस प्रेमिएर लिग अन्तर्गत बिहिबार राती भएको खेलमा म्यान्चेस्टर युनाइटेडले न्युकास्टल युनाइटेड बिरुद्ध ४-१ को फराकिलो जित हात पारेको छ ।

खेलमा न्युकास्टल युनाइटेडका लङस्टाफले १७ औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन ।

२४ औं मिनेटमा म्यान्चेस्टर युनाइटेडका मार्सियालले गोल गर्दै खेल बराबरीमा ल्यायो ।

३६ औं मिनेटमा युवा स्ट्राइकर ग्रीन्वुडले उत्कृष्ट गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई २-१ को अग्रता दिलायो ।

४१ औ मिनेटमा रास्फोर्डले गोल गर्दै ३-१ बनायो ।

५१ औं मिनेटमा फेरि मार्सियालले गोल गर्दै म्यान्चेस्टर युनाइटेडलाई ४-१ को फराकिलो जित दिलाउन सफल भयो ।

जितसंगै म्यान्चेस्टर युनाइटेड ७ औं स्थानमा उक्लेको छ भनेर न्युकास्टल युनाइटेड १० औं स्थानमा रहेको छ ।