म्यान्चेस्टर युनाइटेडको खराब प्रदर्शन जारी, पाँचौं स्थानमा उक्लने मौका गुमायो

इङलिस प्रेमिएर लिगमा म्यान्चेस्टर युनाइटेडले आफ्नो घरेलु मैदानमा जित निकाल्न असफल भएको छ ।

एस्टन भिल्लाबिरुद्ध भएको खेलमा म्यान्चेस्टर युनाइटेडले २-२ को बराबरी खेलेको हो । युनाइटेड आफ्नो अन्तिम ३ खेलमा जित बिहिन रहेको छ ।

खेलमा एस्टन भिल्लाले ११ औं मिनेटमा ग्रीलिसको उत्कृष्ट गोल मार्फत अग्रता लिन सफल भयो ।

४२ औं मिनेटमा युनाइटेडका मार्कोस रास्फोडको प्रहार एस्टन भिल्लाका गोलकिपरलाई लागेर आत्माघाती गोल हुन पुग्यो र खेल १-१ को बराबरीमा पुग्यो ।

दोस्रो हाफमा युनाइटेडले अग्रता लिन सफल भयो । ६४ औं मिनेटमा लिन्डेलोफले हेडर मार्फत गोल गरे ।

६४ औं मिनेटमा एस्टन भिल्लाका मिङ्सले गोल गर्दै खेल २-२ मा रोकियो ।

बराबरीसंगै म्यान्चेस्टर युनाइटेडले पाचौं स्थानमा उक्लने मौका गुमाएको छ । युनाइटेड अहिले ९ औं स्थानमा रहेको छ भने एस्टन भिल्ला १५ औं स्थानमा रहेको छ ।