म्यान्चेस्टर युनाइटेडको सहज जित

इङलिस प्रेमिएर लिग अन्तर्गत आइतबार भएको खेलमा म्यान्चेस्टर युनाइटेडले ब्राइटन माथी जित हात पारेको छ ।

खेलमा म्यान्चेस्टर युनाइटेडले १७ औ मिनेटमा एन्ड्रेस पेरेराको गोल मार्फत अग्रता लियो ।

१९ औं मिनेटमा म्यान्चेस्टर युनाइटेडले अग्रता दोब्बर पार्यो, यस पाली भने ब्राइटनका प्रोपरले आत्मघाती गोल गरे ।

दोस्रो हाफको ६४ औं मिनेटमा ब्राइटनका कप्तान डङ्कले गोल गर्दै खेल २-१ मा ल्यायो ।

६६ औं मिनेटमा म्यान्चेस्टर युनाइटेडका मार्कोस रास्फोडले गोल गर्दै युनाइटेडलाई ३-१ ले खेल जिताउन सफल भयो ।

जितसंगै युनाइटेड ७ औं स्थानमा उक्लिएको छ भने ब्राइटन ११ औं स्थानमा रहेको छ ।