म्यान्चेस्टर युनाइटेडको खराब लय जारी

इङलिस प्रेमिएर लिग अन्तर्गत सनिबार भएको खेलमा म्यान्चेस्टर युनाइटेडले साउथह्याम्प्टन बिरुद्ध १-१ को बराबरी खेलेको छ ।

खेलको १० औं मिनेटमा म्यान्चेस्टर युनाइटेडका ड्यानियल जेम्सले उत्कृष्ट गोल गर्दै पहिलो अग्रता लिएको थियो ।

दोस्रो हाफको ५८ औं मिनेटमा साउथह्याम्प्टनका भेस्टर्गाडले गोल गरे पछि खेल १-१ को बराबरी भएको हो ।

७३ औं मिनेटमा साउथह्याम्प्टनका डान्सोले रातो काड पाए ।

१० खेलाडीमा सिमित सहेका साउथह्याम्प्टनलाइ म्यान्चेस्टर युनाइटेडले हराउन असफल रह्यो ।