म्यान्चेस्टर युनाइटेडका क्रिस स्मलिङ लोनमा रोमा गए

म्यानचेष्टर युनाइटेडका डिफेण्डर क्रिस स्मलिङ लोनमा सिरी ए टिम रोमा जाने भएका छन् ।

प्रिमियर क्लबले रोमासँग एक सिजनको लोन डिलमा सहमति गरेको छ, जसअनुसार इटालियन क्लबले २.७ मिलियन तिर्नेछ । २०१० मा फुलहामबाट ओल्ड ट्रार्फड आएका स्मोलिङको सम्झौता सन् २०२२ डिसेम्बरसम्म छ ।

टिममा ६ जना फिट सेन्टर ब्याक रहेकाले आफूले स्मलिङलाई नियमित फुटबल खेल्ने सुनिश्चित गर्न नसकेको म्यानचेष्टर युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सजरले बताए ।

उनले गत सिजन ३४ खेल खेलेका थिए । तर इभर्टनबाट हृयारी मुग्वायर आए र भिक्टोर लिन्डलफसँग साझेदारी गर्न थालेपछि स्मोलिङको स्थान खतरामा पर्‍यो ।