म्यान्चेस्टर युनाइटेडका स्यान्चेज मिलानमा पुगे (भिडियो)

एलेक्सेस साञ्चेज इटालीको मिलानमा पुगेको भिडियो सार्वजनिक भएको छ ।

ईन्टर मिलानका प्रशिक्षक एन्टोनियो कोन्टे युरोपियन ट्रान्सफर विन्डोको समय सकिनु अघिनै सान्चेजलाई क्लबमा ल्याउन ईच्छुक थिए र ल्याउन सफल भएको छ ।

सम्झौताले पुरा रुप लिए सान्चेजले म्यान युनाइटेडका पुर्व फरवार्ड रोमेलु लुकाकुको जोडी बनेर मिलान क्लबाट खेल्नेछन् । लुकाकु ७४ मिलियन पाउण्डमा यसै सिजन सिरि ए क्लब गएका थिए ।

तर लोनको सम्झौता सकिएपछि सान्चेजलाई किन्ने सम्बन्धि सम्झौतामा ईन्टरले सहमती जनाएको छैन ।

भिडियो हेर्नुहोस: