म्यान्चेस्टर युनाइटेडको क्रीस्टल प्यालेसबिरुद्ध हार

इङलिस प्रेमिएर लिगमा म्यान्चेस्टर युनाइटेडले क्रीस्टल प्यालेसबिरुद्ध हार बेहोरेको छ ।

म्यान्चेस्टर युनाइटेडको घरेलु मैदानमा भएको खेलमा क्रीस्टल प्यालेसले पहिलो हाफको ३२ औं मिनेटमा अएयुको गोल मार्फत अग्रता लिएको हो ।

दोस्रो हाफको ७० मिनेटमा युनाइटेडका रास्फोडले पेनाल्टी गुमाए पछि खेल बराबर गर्ने अवसर खेर फालेको हो ।

खेलको ८९ औं मिनेटमा युनाइटेडका ड्यानिएल जेम्सले उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएको हो ।

९३ औ मिनेटमा क्रीस्टल प्यालेसका भ्यान आन्होल्टको प्रहारलाई डेभिड डे गेयाले राम्ररी बचाउ गर्न नसक्दा युनाइटेडले अन्तिम मिनेटमा गोल खान पुग्यो र क्रीस्टल प्यालेस खेल २-१ ले जित्न सफल भयो ।