म्यान्चेस्टर युनाइटेडका मार्सियाललाई फेरि ९ नम्बर जर्सी

म्यान्चेस्टर युनाइटेडका फर्वाड एन्टोनी मार्सियालले पुर्न नम्बर ९ जर्सी पाएको छ ।

मार्सियाल म्यान्चेस्टर युनाइटेड प्रवेश गर्दा उनले जर्सी नम्बर ९ पाएका थिए भने पछि जाल्टान इब्राहिमोबिच आएपछि मार्सियालको ९ नम्बर जर्सी उनले लिएका थिए र मार्सियालले ११ नम्बरको जर्सी पाएको थियो ।

पछि वेन रुनिले क्लब छोडे पछि उनको १० नम्बर जर्सी इब्राहिमोबिचले लिएको थियो र नम्बर ९ जर्सी लुकाकुले लिएको थियो ।

बिहिवार लुकाकुले म्यान्चेस्टर युनाइटेड छोडे पछि मार्सियालले आफ्नो पुरानो ९ नम्बर जर्सी पाएको हो ।