म्यान्चेस्टर युनाइटेडको अर्को लज्जास्पद हार, मोउरिन्होलाइ दबाब

गत सिजन दोस्रो स्थानमा रहन सफल भएको टिम म्यान्चेस्टर युनाइटेड येस सिजन खराव प्रदर्सन गर्दै आएको छ । राती भएको खेलमा युनाइटेड तोत्तेन्ह्याम संग लज्जास्पद हार बेहोर्नु पर्यो ।

पहिलो हाल्फमा उत्कृष्ट प्रदर्सन गरेतापनि दोस्रो हाल्फको ५० औ मिनेटमा ह्यारी केनको हेडर मार्फत तोत्तेन्ह्यामले अग्रता लिएको थियो र दुई मिनेट पछि तोत्तेन्ह्याम्ले फेरि अर्को गोल गर्न सफल भयो, र येसपाली भने लुकास मोउराले गोल गरे । खेलको ८४ औ मिनेटमा फेरि लुकास मोउराले गोल गर्दै ३-० को जित हात पार्न सफल भयो ।

युनाइटेडले यस अघि ब्राइट्न संग ३-२ को हार बेहोर्नु परेको थियो ।