म्यान्चेस्टर युनाइटेडका यी खेलाडीलाई साइन गर्न आग्रह गरे क्रिस्टियानो रोनाल्डोले युभेन्टसलाई

युभेन्टसका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो क्लबलाई म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकु साइन गर्न आग्रह गरेको कुरा खुलेको छ। रोमेलु लुकाकु साइन गर्न धेरै क्लबले चासो देखाएको छ र उक्त क्लबहरु मध्ये एक युभेन्टसका प्रतिद्वंद्वी इन्टर मिलान पनि हो।

युभेन्टस धेरै समय अगाडी देखि च्याम्पियन्स लिग जित्ने दाउमा रहेको छ र सो अनुसार निकै उत्कृष्ट खेलाडीहरु साइन गर्दै आफ्नो टोली बलियो बनाउदै आएको छ।

युभेन्टसले च्याम्पियन्स लिगको लागि रोनाल्डो समेत साइन गरे तर उनि एक्लैले युभेन्टसलाई सफलता दिलाउन सकेनन् र को अनुसार रोनाल्डो आफ्नो टोलिमा लुकाकु भित्राउन चाहन्छन् र उनको विश्वास छ कि लुकाकुले क्लबलाई अजै बलियो बनाउने छ भनेर।