म्यान्चेस्टर डर्बीमा युनाइटेडको उत्कृष्ट पुनरागमन जित

इङलिस प्रेमिएर लिग अन्तर्गत सनिबार भएको खेलमा म्यान्चेस्टर युनाइटेडले म्यान्चेस्टर सिटीलाई हराएको छ ।

ओल्ड ट्राफोर्डमा भएको म्यान्चेस्टर डर्बी खेलमा युनाइटेडले पुनरागमन जित दर्ता गरेको हो । खेलको पहिलो हाफ गोल रहित बराबरी भएको थियो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका सिटीका ज्याक ग्रीलिशले ६० औं मिनेटमा गोल गर्दै १-० बनाएका थिए ।

७८ औं मिनेटमा युनाइटेडका कप्टान ब्रुनो फर्नान्डेसले गोल गर्दै १-१ मा ल्याएको थियो ।

८२ औं मिनेटमा युनाइटेडका राश्फोर्डले गोल गर्दै युनाइटेडलाई २-१ को महत्त्वपूर्ण जित दिलाए ।

जितसंगै म्यान्चेस्टर युनाइटेड तेस्रो स्थानमा रहदै दोस्रो स्थानको सिटीसंगको अंक दुरि १ मा झारेको छ ।